को-को छन् प्रधानमन्त्री देउवाका सारथि ?

काठमाडौं, २५ असार – जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।


तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कक्दै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्नक लाग्दासमेत उनले सचिवालय र सल्लाहार समुह बनाउन सकेका छैनन् ।

प्रधानमन्त्री देउवालाई विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितका नेताले राजनीतिक विषयमा सहयोग गर्दै आएका छन् । एउटा समय निधिलाई देउवाको ‘माउथ पिस’ को उपमा दिने गरे पनि पछिल्लो पटक प्रहरी प्रमुखको नियुक्तिको विषयलाई लिएर सम्बन्ध केही चिसिन पुगेको छ । यद्यपि, सत्ता साझेदारी, मन्त्रालय बाँडफाँटसहितका विषयमा निधि नै दलीय छलफलमा छन् । निधिलाई अर्थमन्त्रीसमेत रहेका अर्का नेता कार्कीले सहयोग गरिरहेका छन् ।

नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका निधि पार्टीभित्र र अन्तरपार्टी छलफलमा उत्तिकै सक्रिय छन् । देउवाले आफ्नो सल्लाहकार समूहमा सहभागी गराएको अवस्थामा परराष्ट्र सल्लाहकारको जिम्मेवारी निर्वाह गर्ने तयारीमा पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत छन् । महत देउवाका प्रिय पात्र पनि हुन् । महत स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचारका लागि देउवासँगै सुदूरपश्चिमका विभिन्न जिल्लासमेत पुगेका थिए ।

बीपी कोइरालाले पत्याएका नेता हुन् ज्ञानेन्द्रबहादुर कार्की । गणेशमान सिंह हुँदै निरन्तर देउवा क्याम्पमा रहेका र अहिले अर्थमन्त्रीसमेत रहेका कार्की पछिल्ला दिनमा देउवासँग नियमित छलफलमा जुट्ने नेता हुन् । भद्र र कम बोल्ने कार्कीले उनलाई पार्टीभित्र र बाहिरको राजनीतिक अवस्थाका विषयमा सल्लाह र सहयोग गर्दै आएका छन् ।

देउवाले अर्को भर गर्ने नेता हुन्, रमेश लेखक । कानुनी पृष्ठभूमि भएका लेखकसँग संवैधानिक र कानुनी रूपमा मात्र नभएर राजनीतिक वार्ता र छलफलमा पनि सहभागी गराउने र छलफल गर्ने गरेका छन्, देउवाले ।

त्यस्तै, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, महालक्ष्मी उपाध्याय, एनपी साउद, रमेश रिजाल, मीन विकसहितका नेताहरूलाई पनि देउवा कोटरीका रूपमा हेर्ने गरिएको छ । पछिल्लो समय ‘क्याम्प’ परिर्वतन गरेका विश्वप्रकाश शर्मालाई देउवाले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्ने तयारीमा रहेको निकटहरूको दाबी छ । त्यस्तै प्रेस सल्लाहकारमा बद्री सिग्देलको नाम चर्चामा रहे पनि आधा दर्जन बढी सक्रिय छन् ।
देउवाले आफ्नो सहयोगी समहु बनाउन नसक्दा राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने, प्रधानमनत्रीको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार