विराटनगर मेयर–उपमेयरमा कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी

विराटनगर, २५ असार –विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी हुनु भएको छ। शनिबारसम्म गणना भएको अन्तिम मत परिणामअनुसार पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निटकतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गर्नुभयो ।


उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १  सय ४६ र उहाँकी निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५ सय ३६ मत ल्याउनु भयो ।

पराजुली कांग्रेसका नगर सभापति पनि हुन् । उपमेयर कार्की महिला संघमा आबद्ध छन् । एमालेका मेयरका उम्मेदवार विनोद ढकालले दोस्रो बढी मत ल्याएका छन् । संघीय समाजवादी फोरमका मेयर उम्मेदवार उमेश यादवले तेस्रो मत ल्याएका छन् ।

विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र माओवादी (केन्द्र) बीच चुनावी तालमेल भएको थियो । कांग्रेस भने तालमेल नगरी चुनाव लडेको थियो।

कांग्रेसले वडा १, ३, ४, ७, ८, ९ र १६ मा वडाध्यक्ष जितेको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालले १२, १३, १४, १५, १७ र १८ मा  वडाध्यक्ष आफ्ना पोल्टामा पारेको छ । एमाले समर्थले २, ५ र ११ वडामा जितेका छन्।

वडा १० का अध्यक्षमा एमालेका विद्राही उम्मेदवार माधव वाग्ले र वडा १९ को अध्यक्षमा कांग्रेसका विद्रोही उम्मेदवार बद्री सरदारले पनि विजय हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार