सिंहदरबारमा मन्त्री छैनन्, सचिव पनि विदेश भ्रमणमा

काठमाडौं , २६ असार – मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरु भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ ।

विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरु पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ । असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेश भ्रमणमा छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको  छ ।- नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार