नेपाल वायुसेवा निगम चार ठाउँमा नउड्दा, १ अर्ब नोक्सान

काठमाडौं, २७ असार – हवाई क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बेंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ ।

यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी व्यहोर्नुपर्नेछ । निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सी–चेकका लागि सिंगापुर पठाउँदैछ । यसै साता पठाउन लागिएको उक्त जहाजको चेकिङका लागि २ महिना लाग्नेछ ।

उक्त जहाजले उडान गरिरहेका गन्तव्यका लागि निगमले ग्लोबल टेन्डर आह्वान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी गरिरहेको थियो । तर सम्झौताको अन्तिम तयारी भइरहेका बेला प्राधिकरणले रोक लगाएको हो । – कारोबार दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार