दोस्रो चरणको निर्वाचनमा सबै तहको परिणाम आयो, धरान उपमहानगरपालिकामा एमाले

काठमाण्डाै, २८ असार – स्थानिय तह दाेस्राे चरण निवार्चन अन्तरगत अाइतबार  बिहान सात बजे सम्मकाे ३३४ स्थानिय तहकाे मतपरिणाम यस प्रकार रहेकेा छ ।

दोसो चरणको निर्वाचनमा सबै तहको मत परिणाम आएको छ । निर्वाचनमा एमाले १५१ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ भने काँग्रेस १२२ तह जितेर दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द ३८ तह जितमै सिमित भएको छ । ८ तह जितेर संघीय समाजवादी फोरम चौथो स्थानमा रहेको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेले मेयर तथा उपमेयर दुवै पद जितेको छ ।  मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी सुवेदी निर्वाचित भएका हुन् ।

सुब्बाले २० हजार ९ सय ७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका तिलक राईले १६ हजार २ सय २  मत ल्याए ।

उपमेयरमा मन्जुले २१ हजार २ सय ५६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार १ सय ९७ मतमात्र ल्याइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार