सम्मान फिर्ता गर्दै गोर्खाल्यान्डका आन्दोलनकारी

काठमाडौं, २८ असार – घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन्। आन्दोलनमा ६ जनाको मृत्यु भइसकेको छ । यता बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दे चार सातादेखि जारी आन्दोलनरत दलले मुख्यमन्त्री ममताा बेनजी नेतृत्वको बंगाल सरकारसँग वार्ता नगर्ने जनाएका छन् ।

गोर्खाल्यान्ड क्षेत्रमा क्रियाशील दल र सामाजिक संस्थाहरूको सहभागितामा गोर्खाल्यान्ड आन्दोलनलाई अघि बढाउन गठन गरिएको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीको मंगलबार मिरिकमा सम्पन्न बैठकपछि नेताहरूले सो कुरा बताएका हुन् । उनीहरूले केन्द्र सरकारसँग मात्र वार्ता गर्ने बताएका छन् ।

कोअर्डिनेसन कमिटीको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको कमिटीका संयोजक कल्याण देवानले जानकारी दिए। बैठकले असार २९ को भानु जयन्तीलाई गोर्खा जातिको एकता दिवसका रूपमा मनाउने निर्णय गरेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए ।

बैठकले बंगाल सरकारले यसअघि भानु जयन्तीको अवसरमा प्रदान गरेका सबै सम्मान र पुरस्कार भानु जयन्तीकै दिन फिर्ता गर्नेसमेत निर्णय गरेको को छ । – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार