पछिल्लो समय विकशीत हुँदै गइरहेको डिजिटल ब्रोडकाष्ट सम्बन्धी ज्ञानलाई अभिबृद्धी गर्नको लागी स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपालका सदस्य रेडियोका प्रतिनिधि मलेशिया गएका छन ।
एसिएन प्यासेफिक ब्रोडकाष्ट युनियको सदस्य संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपालको पहलमा सदस्य रेडियोहरुबाट चार जना यो तालिमा सहभागी भएका हुन । तालिम जुलाई १० गते देखि १४ सम्म चल्ने छ । हामी सँग कुरा गर्दै तालिममा सहभागी मध्येका एक किरण पाण्डेले विकसीत समयक्रम अनुसार तालिम फलदाई भइरहेको बताउनु भयो । कार्यक्रममा एसिया क्षेत्रका अन्य देशहरुबाट पनि प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
कार्यक्रम एवियुले विभिन्न संघ संस्थाको सहकार्यमा आयोजना गरेको हो ।