https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कमल थापाप्रति पशुपतिशम्शेर रुस्ट, पार्टीमा अनिष्ट र विग्रहको चेतावनी

काठमाडौं, ३० असार – राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र केन्द्रीय सदस्य मनोनयनको विषयले तनाव उत्पन्न भएको छ ।  अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेपछि वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेता राणाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिइ अप्रत्यासितरुपमा केन्द्रीय समिति विस्तार गरिएको’ भन्दै आपत्ति जनाएका छन् ।

‘अध्यक्ष एक्लैले एकांगीरुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वकोसमेत कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति रहेको छ’–राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अध्यक्षको मनोगत एकल निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा हुनसक्ने’ उनको चेतावनी छ । केन्द्रीय समिति बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहै नदिइ केन्द्रीय समिति विस्तार गरिएको घटनाले राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश गएको नेता राणाले उल्लेख गरेका छन् ।

उनले तत्काल उक्त निर्णय फिर्ता लिएर राप्रपालाई विग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेतसमेत गराएका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार