महानगरले बढायो सवारीसाधनमा कर

काठमाडौं, ४ साउन – काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको छ । यसअघि दुई सय रुपैयाँ थियो ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार