पूर्व राजा ज्ञानेन्द्र अस्पताल भर्ना, मुटुमा समस्या देखियो

काठमाडौं, ४ साउन – पूर्व राजा ज्ञानेन्द्र शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या आएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह अझै केही दिन अस्पतालमै रहने भएका छन् । शाहलाई आज विहान भर्ना गरिएको हो ।

शाहको मुटुको एउटा नसाको भल्वमा समस्या देखिएपछि आजै (बुधबार) ‘कोरोनरी एनजिओप्लाष्टी’ गरिएको छ। नसामा हुने भल्भमा समस्या आएपछि कृत्रिम भल्व राख्ने यो विधिबाट शाहको उपचार भएको हो।

शाहको मुटुमा समस्या देखिएपछि आजै एनजिओग्राम गरिएको थियो । तर, एनजीओग्रामबाट नसामा समस्या देखिएको थियो । शाहको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र ज्ञानेन्द्रका निजी चिकित्सक डा. किशोरजंग राणा संलग्न छन् ।

‘श्रावण ४ गते नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको स्रोतले जनाएको छ । मुटुमा गम्भिर समस्या देखापरेपछि बुधबार बिहान ९ बजे उपचारको लागि पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना भएका थिए ।

आइतवार नियमित चेकजाँचको क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई चिकित्सकले उपचार स्वदेशमै गर्नेकी विदेशमा भनेर जिज्ञासा राखेका थिए। चिकित्सकको जिज्ञासालाई पूर्व राजा शाहले नेपालमै उपचार सम्भव भएपछि किन विदेश जाने भनेर प्रति प्रश्न गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार