एउटै बसका चालक ५० पटकसम्म कारवाहीमा, तर अनुमतिपत्र पाइरहे

काठमाडौं , ६ साउन – हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याई गरेको अभियोगमा कारबाहीमा परे ।

चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारवाहीमा परिरहे । सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो ।

प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरवाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर गाडी चलाउने सरकारी अनुमति पाइरहे । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार