काठमाडौं, ६ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ ।
गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो ।
अध्यागमन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमूना केसी, चन्दा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।
पछिल्लो समय मानव तस्करहरुले नेपाली युवतीलाई कुवेत, साउदी लगायत खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट’ बनाउने गरेका छन् । – अन्नपूर्ण पोष्ट दैनिक