व्यवस्थापनकै मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर

काठमाडौं , ६ साउन – पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो ।

होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर दिन लगाएको होटलमा लामो समयदेखि काम गर्दै आएका पुराना एक कर्मचारी बताउँछन् ।

सन् २०१५ अप्रिल २५ को भूकम्पपछि पहिलो पटकको सरकारी अनुगमन टोलीले होटलमा हरियो स्टिकर (सञ्चालन गर्न मिल्ने) टासेको थियो ।

वैशाख २९ गतेको परकम्पपछि पुनः भएको अनुगमनमा भने सरकारी निकायले होटल सञ्चालन गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । होटल व्यवस्थापनले पारिवारिक विवाद चर्कंन थालेपछि सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्दै रातो स्टिकर लगाउन लगाएको स्रोत बताउँछ ।

सरकारी निकायले पहिलो पटक दिइएको हरियो स्टिकरमा सरकारी लोगो भए पनि दोस्रो पटक दिएको रातो स्टिकरमा सरकारी लोगो छैन । – अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार