आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः नेपाल र सिंगापुर मैदानमा, नेपाल ब्याटिङ गर्दै

सिंगापुर, ६ साउन – सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

चार टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छानिने छ । विश्वकपमा छानिने सम्भावना जिवितै राख्न नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनै पर्ने हुन्छ ।

पहिलो खेलमा भने नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।

एक चरणको समाप्तिसम्म अफगानिस्तान फराकिलो रनरेटसहित ६ अंक बटुल्दै शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । सिंगापुरको २ तथा मलेसिया अंकविहीन छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार