निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं, ६ साउन – सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो ।

२१ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित गठन गरिएको आयोगका अन्य सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिएको र आयोगले तत्कालै काम थाल्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राष्ट्रिय सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र निधारणको काम गर्नेछ । आगामी माघ ७ गते भित्र सबै निर्वाचन सक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

बैठकले मुख्यसचिव डा सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उनको पदलाई खारेज गरेको छ ।

सरकारले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७४ स्वीकृत गरेको छ । साथै राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार