कांग्रेसले किन जित्‍न सकेन-रामचन्द्र पौडेलको समीक्षा

काठमाडौं, ८ साउन – नेपाली कांग्रेसको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि नेतृत्वको कमजोरी र आन्‍तरिक किचलोका कारण पार्टीले राम्रो नतिजा ल्याउन नसकेको बताए ।

उनले पार्टीलाई संस्थागत रुपमा अघि बढाउनुपर्नेमा जोड दिदै भने, हामीले घरघरमा बैठक गरेर पार्टी कार्यलयमा सुनसान हुने अवस्था आउनु राम्रो होइन । पार्टीको बैठक निरन्तर बस्‍नुपर्‍यो र संगठनको सम्पूर्ण संरचनालाई गतिशिल बनाउनुपर्‍यो।

पौडेलले दुई चरणको चुनावमा उम्मेदवार छनोट तथा टिकट वितरणमा कमजोरी भएको स्वीकार्दै संसदीय समिति तत्काल गठन गर्न माग गरेका छन् । संसदीय समितिमार्फत प्रदेश नम्बर २ को चुनावमा टिकट वितरण गर्नुपर्ने उनले बताएका छन्।

कांग्रेसले नेतृत्व गरेको सरकार चुस्त हुनुपर्ने बताउँदै भने, सरकारको छवि र भूमिका जनअपेक्षाअनुसार हुन सकेको छैन। यसमा हामीले ध्यान दिनुपर्छ।

यसअघि पहिलो चरणको चुनावपछि बसेको बैठकमा पनि पौडेलले कांग्रेस पछि पर्नुका चार कारण प्रस्तुत गरेका थिए। यसपटक पनि उनले तीनै बुँदामा केन्द्रित भएर चुनावको समीक्षा गर्नुपर्ने बताएका छन्। ती चार कारण यस्ता छन् :

१. हामी पहिलो चरणको निर्वाचनमा पछि पर्नुको कारण टिकट वितरणमा कमी–कमजोरी हुनुले हो । हामीले राम्रो उम्मेदवार छनोट गर्न नसक्दा एमाले हाबी भयो ।

२. एमालेले निर्वाचनमा व्यवस्थापकीय तयारी राम्रो गर्यो, तर हामीले तयारी पनि राम्रो गर्न सकेनौँ, अर्कोतिर हामीभित्रै असहयोग हुन पुग्यो।

३. पछिल्ला राजनीतिक घटना, राजदूत नियुक्ति, आइजिपी, प्रधानन्यायाधीशमा हामी पछाडि फर्कियौँ । यी विषय बुझेका बुद्धिजीवीले हामीलाई भोट दिएनन् । त्यसैले हाम्रा भोट नयाँ पार्टीले लगे ।

४. हामीले संविधान निर्माण गर्यौँ, तर कांग्रेसले राम्रो गरेको छ भन्ने सन्देश दिन सकेनौँ । आफ्नै राम्रो कामको प्रचार गर्न नसक्दा हामी सहरमा पछि पर्यौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार