https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रधानमन्त्री देउवाको प्रचण्डले गरे आलोचना, कारण यस्तो

काठमाडौं, ९ साउन – प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् ।

कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार बिहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन् ।

पेरिसडांडास्थित माओवादी मुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । – कान्तिपुर दैनिक