https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

लगानी सम्मेलनमा सम्बोधन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं, ९ साउन – नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सीआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको  छ ।

दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मलेन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले. बताइन् ।

सम्मेलनलाई सम्बोृधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ताे  गरिएको राणाले बताइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन उदघाटनका लागि नेपाल आउने संकेत दिनुभएको छ,’, राणाले भनिन्, उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं । – नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार