काठमाडौं, १० साउन – आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको उर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् ।
भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केवर सवस्टेशनको कामसमेत रोकिएको छ । यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो । –नयाँ पत्रिका दैनिक