खाडी मुलुकको प्रतिबन्ध ५० दिन पुरा, हौसला बढाउँदैछन् कतारबासी

दोहा, ११ साउन –  कतारविरुद्ध विभिन्न अरब मुलुकले प्रतिबन्ध लगाएको ५० दिन पुरा भएको छ । ५ जुनमा साउदी अरब, बहराइन, इजिप्ट, संयुक्त अरब इमिरेट्सले कतारमाथि आतंकवादलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध तोडेका थिए ।

epa06011227 (FILE) – An aerial view of high-rise buildings emerging through fog covering the skyline of Doha, as the sun rises over the city, in Doha, Qatar, 15 February 2014 (reissued 05 June 2017). According to media reports, Egypt, Saudi Arabia, Bahrain and the United Arab Emirates cut off diplomatic ties with Qatar on 05 June 2017, accusing Qatar of supporting terrorism. EPA/YOAN VALAT

यसबीचमा विवाद सुल्झाउन विभिन्न प्रयास भए पनि परिस्थिति उस्तै छ । तर अरब मुलुकको नाकाबन्दीमा परेको कतार आफ्नो अडानमा उत्तिकै अडिग छ । नत कतारवासी नै डग्मगाएका छन् ।

खाडी मुलुकले लगाएको प्रतिबन्ध ५० दिन पुरा भएको अवसरमा सामाजिक संजालमा कतारवासीले व्यापक चर्चा गरिरहेका छन् । ट्वीटरमा #FiftyDaysSinceTheSiege ले राम्रै ट्रेन्ड गरिरहेको छ । कतारवासीहरु खाडी मुलुकको प्रतिबन्धलाई लिएर सकारात्मक र एकजुट भएकोमा खुशी प्रकट गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार