https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

अनसनरत डा. केसीका प्रतिनिधिसँगको वार्ता निष्कर्षबिहीन

काठमाडौं, १३ साउन – चिकित्सा क्षेत्रका अनियमिताको विरोध गर्दै अनसनमा रहेका प्रा.डा. गोविन्द केसीका प्रतिनिधिसँग सरकारी वार्ता टोलीले गरेको वार्ता निष्कर्षबिहीन भएको छ ।

शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको हो । वार्तामा डाक्टर केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बताएका छन् ।

वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि डा.वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको छ । चिकित्सा सेवामा सुधारको माग गर्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी गत सोमबारदेखि अनसनमा छन् ।

एउटै विषयमा ११ औं पटक अनसनमा बसेका डा.केसीका माग सम्बोधन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय वार्ता टोली बनाएको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार