‘पानामा पेपर्स’ ले खोसियाे पाकिस्तानी प्रधानमन्त्रीको कुर्सीः सरिफको राजीनामा

काठमाडौं, १३ साउन – पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफ पदमा रहन अयोग्य ठहर गरेपछि सरिफले शुक्रबार राजीनामा दिएका छन् ।शुक्रबार सर्वोच्च अदालतले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको ठहर गरेपछि प्रधानमन्त्री सरिफले राजीनामा दिएका हुन् ।

गत वर्ष पानामा पेपर्स लिक प्रकरणमा सरिफको नाम पनि जोडिएको थियो । सो प्रकरणको शुक्रबार पाकिस्तानी सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउँदै सरिफलाई पदबाट राजीनामा दिन बाध्य पारेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईदा ओसार गुलजार अहमदको पाँच सदस्यीय इजलासले प्रधानमन्त्री सरिफलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश खोसा र गुलजारले पानामाको सुरुवाती निर्णयमा प्रधानमन्त्री नवाज सरिफ अयोग्य भएको बताएका थिए । तर अन्य तीनजना न्यायाधीले यस मामिलामा विस्तृत छानबिन गर्न भनेका थिए ।

तर शुक्रबार पाँचै न्यायाधीशले सरिफ अयोग्य नरहेको ठहर गरेका हुन् । नवाज सरिफ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । पाकिस्तानको संविधानअनुसार देशको प्रधानमन्त्री सच्चा र इमान्दार हुनु पर्ने अनिवार्य व्यवस्था छ । तर अदालतको फैसलापछि उनी इमान्दर रहेनन् ।

पानामा पेपर्स लिक प्रकरणका क्रममा गत वर्ष संसारका थुप्रै मानिसहरुले कालो धन आइल्याण्डमा लगेर थन्क्याएको र कल छली गरेको सम्बन्धी थुपै्र तथ्यांक सार्वजनिक भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार