१०५६ विषयमा संशोधन प्रस्ताव

काठमाडौं, १६ साउन – सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा झन्डै अढाई महिना रोकिएपछि पुनरवलोकन गर्ने क्रममा हजारभन्दा बढी विषयमा संशोधन हुन लागेको हो ।

संसद्को विकास समितिले सोमबारदेखि विधेयकमाथि दुई दिन दफावार छलफल गर्ने भएको छ ।- अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार