पुनर्निर्माण सम्झौता अलपत्रः एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन

काठमाडौं, १६ साउन – भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो ।

भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।

पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार