व्यवसायीहरु लबिङ सुरु अर्को कर फर्छ्योट आयोग गठन गर्न

काठमाडौं, १७ साउन- पछिल्लो कर फर्छ्योट आयोगले दिएको कर छुटको विषय विवादित बनिरहेकै बेला उद्योगी व्यवसायीले अर्को त्यस्तै आयोग गठन गर्न लबिङ गरेको खुलेको छ। उद्योगी व्यवसायीले सुरुमा भइरहेको आयोगको म्याद थप्न लबिङ गरे पनि त्यसमा असफल भएपछि फेरि अर्को आयोग गठन गर्न माग गरेका हुन्, जुन लबिङ अहिले पनि जारी छ।

तत्कालीन अर्थमन्त्री रामशरण महतले २०७१ माघ २२ मा चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए। आयोगमा तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सदस्य सचिव र उमेश ढकाल सदस्य थिए।

आयोगबाट आफूले चाहेअनुसारको कर छुट लिने सुविधा पाएका उद्योगी व्यवसायीले फेरि पनि यस्तै अर्को आयोग गठन गर्न लबिङ गरेका हुन्। अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार ‘उद्योगी व्यवसायीले सुरुमा यही आयोगको समय थप्न दबाब दिएका थिए। त्यसमा असफल भएपछि अर्को आयोग गठन गर्न लबिङ गरेका हुन्।

याे खबर अाजकाे नागरिक पत्रिकामा रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार