एक वर्षभित्र सार्वजनिक स्थलमा निःशुल्क वाईफाई !

काठमाडौं, १८ साउन – मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाईफाई चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ । धेरै भीडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप टेलिकमले यो थालनी गरेको हो ।

टेलिकमले हाल मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाईफाई उपलब्ध गराउँदै आएको छ ।

उपत्यकाबाट निःशुल्क वाईफाई सेवा सुरु गरेको टेलिकमले निकट भविष्यमा देशका सार्वजनिक ठाउँमा सेवा विस्तार गर्ने योजना बनाएको छ । मुलुकभरका सार्वजनिक स्कुल, हेल्थ पोस्ट, नगरपालिका, गाउँपालिकाको कार्यालय र अन्य भीडभाड हुने सार्वजनिक स्थानमा निःशुल्क वाईफाई वितरण गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार