मुग्लिन–नारायणगढ सडकमा प्रधानमन्त्री, आफ्नै आँखाले पहिरो खसेको देखेपछि…

काठमाडौं,१८ साउन -प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको ‘लाईफ लाईन’ सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन दिएका छन् । बुधबार उक्त सडकको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कार्वाही गर्ने बताएका हुन् । ‘यो सडक मुलुकको लाईफ लाईन हो’ प्रधानमन्त्रीले आयोजना प्रमुख र ठकेदारहरुलाई निर्देशन दिदै भने, ‘तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको पनि बताए । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,’ प्रधानमन्त्रीले भने, ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु ।’

प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि आफुले छलफल गरेर समाधान गर्ने पनि बताए । प्रधानमन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको आधाभन्दा बढि २० किलोमिटर अवलोकन पनि गरे । चितवनको रामनगरबाट २० किलोमिटर मुग्लिनतर्फ स्थलतगत अध्ययन गरेर सडक निर्माणको अवलोकन गरेका थिए ।

नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम सुरु भएको दुई वर्ष बढी भयो । तर, विस्तारको काम भने कछुवाको गतिमा भइरहँदा यस सडकखन्ड भएर हिँड्ने यात्रीहरु वर्षेनि सास्ती भोगिरहेका छन् । पछिल्लो समय यात्रीहरु पहिरोमा परेर ज्यानै गुमाउने घटना दोहोरिन थालेपछि सरकारको व्यापक आलोचना भइरहेको छ । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं मुग्लिन सडकखन्ड पुगेर सडक विस्तारबारे जानकारी लिए ।

हेलिकोप्टरबाट चितवन पुगेका प्रधानमन्त्री देउवा करिब १०० मिटर हिलाम्मे सडकमा पैदल हिँडे । सेतीदोभान भन्ने स्थानमा पहिरो खसेको दृश्य देखेपछि प्रधानमन्त्री देउवाले २४सै घन्टा सहज यात्रा हुनेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।चितवन पुगेका प्रधानमन्त्री देउवा करिब १०० मिटर हिलाम्मे सडकमा पैदल हिँडे । सेतीदोभान भन्ने स्थानमा पहिरो खसेको दृश्य देखेपछि प्रधानमन्त्री देउवाले २४सै घन्टा सहज यात्रा हुनेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिए । ‘चाडवाडको समय आउन लागेको छ दशै अघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले छिटो काम सम्पन्न गर्ने ठकेदारलाई पुरस्किृत र ढिलासुस्ती गर्नेलाई सरकारले कार्वाही समेत गर्ने पनि बताए । ‘तपाई ठेकेदारहरुले मुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फि असर हुन्छ । अव समय तालिका बनाएर मलाई बुझाउनुहोस्, सोही अनुसार काम अघि बढाउनुहोस्’ प्रधनमन्त्रीले भने, ‘काममा कुनै खालको हेलचक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारवाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने म पुरस्किृत पनि गर्छु ।’

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदार लगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिए । ‘सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसैले कामदारको सुरक्षाको लागि सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड अपनाउनुहोस्’ प्रधानमन्त्रीले भने, ‘सडकमा हिड्ने बटुवा र यात्रहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार