काठमाडौं, १९ साउन – लोकसेवा आयोगले विभिन्न पदमा छनौट भएका कर्मचारीलाई तत्कालै ईमान्दार र नैतिकतावान भएर काम गर्न आग्रह गर्दै एसएमएस पठाउन थालेको छ ।
आयोगले पछिल्लोपटक प्रयोगमा ल्याएको सफ्टवेरमार्फत प्रत्येक विज्ञापनको अन्र्तवार्तामा छनौट भई सफलता हासिल गर्ने उम्मेदवारलाई नतिजा प्रकाशनलगत्रै एसएमएस मार्फत बधाई दिँदै सार्वजनिक प्रशासनमा नैतिक आरचण र उच्च कार्यसम्पादन हुनुपर्ने स्मरण गराउन थालेको हो ।- नयाँ पत्रिका दैनिक