काठमाडौं, १९ साउन – नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले बिहीबार जग्गा खरिदको घोटाला प्रकरणका विषयमा काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै खड्काले अध्याँरो हटाउनभन्दा भारतबाट तेल ल्याएर वितरणा गर्न अप्ठेरो भएको दावी गरे । आफूले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले भन्दा अप्ठेरो काम गरिरहेको बताएका छन् ।
‘सबै कुलमान ज्युलाई अध्याँरो हटाएको भनेर प्रशंसा गर्छन् । यो काम त त्योभन्दा गाह्रो छ’ खड्काले भने,’सडकमार्गबाट तेल र ग्यास ल्याउने विषय सजिलो छैन । अध्याँरो हटाउने भन्दा यो काम कठिन छ ।’
खड्का अहिले निगमको भण्डारण केन्द्रको जग्गा खरिद गर्ने प्रकरणमा मुछिएका छन् । उनले ९० दिनको भण्डारण क्षमता पुर्याउन जग्गा किनिएको प्रष्टीकरण दिँदै भ्रष्टाचारको आरोपको खण्डन गरे ।
‘सबै प्रक्रिया पुर्याएका छौं । निगम संचालक समितिले स्विकृत गरेकाे कार्यत्रःम एव जग्गा खरिदकाे स्विकृत लागत बजेटकाे परिधिभित्र रहि निगमले पर्चलित खरिद एेन २०६३ तथा निगमकाे खरिद सम्बन्धि विनिमावलि २०६४ बमाेजिम ३५ दिनकाे सुचना दिएर खरिद गरेका छाै । खरिदमा टेण्डर हाल्नेहरुबीच विवाद भएको भए हामीलाई थाहा छैन’ खड्काले भने,’हामीले पारदर्शी रुपमा विद्युतीय बिडिङ गरेर जग्गा किनेका हौं ।
उनले ३६ वर्ष आफूले सडक विभागमा बसेर टेण्डरको काम गरेको भन्दै आफू यसबारे जानकार रहेको बताए । खड्काले अन्य ४ स्थानमा पनि जग्गा किन्न तयारी भइरहेको बताए ।
प्राविधिक र आर्थिक रुपमा सही ठहरिएका जग्गा मात्रै किनिएको बताउँदै खड्काले सञ्चारमाध्यमले एकतर्फी रुपमा गलत समाचार सम्प्रेशण गरेको आरोप पनि लगाए ।
‘हाम्रो प्राविधिक टोलीले सही भनेको जग्गा नै किनेका हौं’ खड्काले भने, ‘कम मूल्यमा परेको टेण्डर नै स्वीकृत भएकोहो । त्यहाँको चलनचल्ती कै दररेटमा जग्गा किनेका छौं ।’