https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मन्त्री वीरबहादुर बलायर र चिनियाँ राजदूत हङबीच शिष्टाचार भेट

काठमाडौं, १९ साउन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयमा आज भएको भेटमा राजदूत हङले स्याफ्रुबँेसी–रसुवागढी सडक निर्माणको काम छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले चिनियाँ लगानीमा सञ्चालित परियोजना चाँडो सम्पन्न गरी थप योजनामा सहयोग गरिने विश्वास पनि व्यक्त गरेको मन्त्री बलायरका प्रेस सहयोगी रमेश जोशीले जानकारी दिए ।
सो अवसरमा मन्त्री बलायरले अरनिको राजमार्गमा दोस्रो चरणको मर्मत गर्न चीन सरकारको सहयोगका लागि अनुरोध गरे । अरनिको राजमार्ग मर्मत गर्न चीन सरकार सकारात्मक रहेको राजदूत हङले जानकारी दिए ।

नेपालमा पूर्वाधार निर्माणका काममा निरन्तर सहयोग गर्न चीन सरकार तयार रहेको पनि उनले बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार