भरतपुर–१९ मा मतदान सुरु, साँझ ५ बजेसम्म मतदानको समय, वर्षाले सास्ती

चितवन, २० साउन – भरतपुर महानगरपालिका–१९ मा अहिले पुनः निर्वाचन भइरहेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजेसम्म चल्नेछ । चितवनमा भारी वर्षा भएका कारण मतदातालाई भने निकै सास्ती भएको छ ।

पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो ।निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि निर्वाचन भइरहेको हो ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैपटक मतगणना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार