दुबईको एक गगनचुंबी भवन टर्च टावरमा भीषण आगलागी भएको छ । पछिल्लो दुई वर्षमा आगलागीको यो दोस्रो घटना हो ।
यसअघि सन् २०१५ मा पनि यस भवनमा आगलागी हुँदा ठूलो क्षति भएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो फुटेजमा देखिए अनुसार भवनको माथिल्लो तलामा आगो पुगेको छ र भवका हिस्सा तल खसिरहेको छ ।
अधिकारीहरुका अनुसार नागरिक सुरक्षाका कार्यकताले समयमै उक्त भवन खाली गराएका थिए र आगो नियन्त्रण कायम गरेका थिए ।
विश्वको अग्लो भवनमा पर्ने टर्च टावमा आगो लागेका कारण भने पत्ता लाग्न सकेको छैन ।
सरकारको समाचार संस्थाले ट्वीट गरेर भनेको छ घटनामा कसैको पनि घाइते भएको खबर आएको छैन ।
सरकारले आगोले तातेको भवनलाई चिसो बनाउने काम गरिरहेको बीबीसीले जनाएको छ ।