बागलुङमा पहिरोले पुरेर दुईको मृत्यु, चार बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । विभिन्न ठाउँमा झरेका पहिरोमा बगेर थप ४ जना वेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश बिक र निसीखोला गाउँपालिका १ का एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

अधिकारीचौरमा घरमाथिबाट आएको पहिरोले बिक सहित पाँच जनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेपनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।

यस्तै पहिरोमा पुरिएर निसीखोला गाउँपालिकाको देविस्थान स्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पुर्दा चार जना वेपत्ता भएको स्थानीय कविर विश्वकर्माले जानकारी दिए ।

दुई दिनदेखि परेको अवरल वर्षाका कारण निसीखोला र ढोरपाटन क्षेत्रका ठाउँ ठाउँमा पहिरो खसेको बिकले जानकारी दिए । बिकका अनुसार पहिरोले निसीखोलाको देविस्थानमा बढी क्षती पुराएको छ । बिहान मात्र देविस्थानका गोगलाल मल्लको घर खोलाले बगाएको छ भने देविस्थान स्वास्थ्यचौकी सहित दर्जनौं घर बाढी पहिरोको उच्च जोखिममा परेको बिकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार