एमालेका कार्यकर्ता मार्ने मनोजले व्यवसायीमाथि गोली चलाए

काठमाडौं, २० साउन – नेकपा एमालेका कार्यकर्ता दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका एमालेकै कार्यकर्ता मनोज पुन फेरि अपराधिक गतिविधिमा सक्रिय भएका छन् ।

शुक्रबार दिउँसो रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार गर्ने घटनामा मनोजको संलग्ना रहेको बताइएको छ ।

सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि शुक्रबार गोली प्रहार भएको थियो । भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको हो । भण्डारी भने सुरक्षित छन् ।

घटनालगत्तै मनोज पुनले आफूले गोली प्रहार गर्न लगाएको दावी गरेका छन् । प्रहरीको मस्ट वाण्टेड सूचीमा रहेका पुन अहिले मलेसियामा बस्दै आएको बताइन्छ ।

व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ माग गर्दा नदिएकाले आफूले गोली चलाएको मनोजले दावी गरेका छन् ।

प्रहरीले भने व्यवसायी भण्डारीमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान नखुलेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार