https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९.४४ प्रतिशत उत्तीर्ण

भक्तपुर,२० साउन – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ ।

बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्द भएको उनले बताए । त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । (रासस)

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार