फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको नयाँ स्किमः चुनाव जिताउनेलाई ‘मन्त्री’

काठमाडौं, २१ साउन – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा आ–आफ्नो क्षेत्रबाट पार्टीलाई जिताउन सांसद्हरुलाई निर्देशन दिएका छन् । उनले आफ्नो क्षेत्रबाट जिताउने सांसद्लाई मन्त्री बनाउने घोषणा समेत गरेका छन् ।

gjlgo’Qm pkk|wfgdGqL ljhos’df/ uR5bf/ ;+rf/sdL{ ;+u s’/fub}{ . tl:a/M /f]zg ;fksf]6f, sf7df8f}

यसैगरी उनले आ–आफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन् ।

साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन् । सो बैठकमा सहभागी नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसद्लाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन दिएको छ ।  – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार