भरतपुरमा देवीको अग्रता कायमै, रेणुले कडा टक्कर दिँदै

चितवन, २१ साउनचितवनको भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानले नेपाली कांग्रेस–माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रेणु दाहाललाई फाइदा भएको छ । पुनः मतदान भएपछि रेणुले वडा नम्बर १९ मा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा झण्डै दोब्बर मत प्राप्त गरेकी छन् ।

शुक्रबार भएको मतदानमा वडा नम्बर १९ मा २ हजार ८ सय ७० मत खसेको थियो । सबै मत गणना हुँदा २ हजार ८ सय ३६ मत सदर भएका छन् भने २८ मत बदर भएको भेटियो ।

भरतपुर महानगरपालिका २० नम्बर वडाको मतगणना जारी छ । प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवाली र काँग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।

पछिल्लो मतपरिणम अनुसार ज्ञवालीले ४२ हजर ६९ मत पाएका छन्, भने काँग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४१ सय ८ सय ९९ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जनाएको छ ।

शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । १९ नम्बरको मत गणना गर्दा पनि ज्ञवालीको अग्रता कायमै रहयो । दाहाल ज्ञवाली भन्दा २२१ मतले पछि परिन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४५ हजार ६ सय २३ मतसहित फराकिलो मतअन्तरले अगाडि छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी दिव्य शर्मा आचार्यले ३८ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् ।

यसअघि वैशाख ३१ गते भएको निर्वाचनपछिको मतगाणनामा भरतपुरका २७ वटा वडाको अन्तिम परिणाम आइसकेको थियो । जसअनुसार नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका थिए । माओवादीकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी थिइन् । अब २० नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ३१ वैशाखमा भएको मतदानमा वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार