नवलपरासीमा बाढीको बितण्डा, एक बालकसहित तीनजना बेपत्ता

चितवन, २१ साउन – अभिरल बर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासीमा एक बालकसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी भइरहे पनि अझैसम्म फेला परेका छैनन् ।

बाढीले बगाउँदा शनिवार (आज) बिहानै एक बालकसहित दुईजना बेपत्ता भएका थिए । यस्तै बिहीवार एक पुरुष बेपत्ता भएका थिए ।

शनिबार बिहानै पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार