साथीको ५ वर्षे छोरा अपहरण गर्ने राजु पक्राउ

काठमाडौं, २१ साउन – अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् । शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।

प्रहरीले भन्दा पनि उनले पत्याएनन्, राजु ९विक०ले कसरी विशाललाई अपहरण गर्ला र पत्याउनु पनि कसरी रु बाल्यकालको साथी, अहिले पनि उस्तै दोस्ती छ । १२ गते छोरो अपहरणमा परेको केहीबेरपछि नै राजु खोजीमा सघाउन आएको थियो । विशाललाई खोज्दै स्कुल पुगे, नाराबाजी गरे, राति अबेरसम्म पनि साथ दिए ।

तर, अब उनलाई पत्याउन कर लागेको छ, अपहरणको योजनाकार राजु प्रहरी फन्दामा परेका छन् । मनकामना दर्शन गरेर उनी परिवारसहित अपराध महाशाखामा पुग्दा प्रहरीले राजुलाई सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।

औपचारिक पत्रकार सम्मेलनपछि प्रहरीले राजुसँगै विष्ण%

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार