कहाँ अड्कियो सरकार–केसी वार्ता ?

काठमाडौं, २२ साउन – चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ ।

सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिपछि केसी पक्ष सकारात्मक रूपमा प्रस्तुत भएको छ ।

शनिबार केसीका मागबारे सहमति खोज्न नेपाल चिकित्सक संघ, सरकारी वार्ता टोली र केसी पक्षबीच छलफल भएको थियो । श्रेष्ठका अनुसार वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले चाँडै अनशन तोडिनेछ ।

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डले सामूहिक रूपमा अनशन अन्त्य गर्न आग्रह गरे पनि केसीले आफ्नो ११औं अनशनलाई निरन्तरता दिएका छन् । तत्काल चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने केसीको मागलाई प्रमुख दलका नेताहरूले सार्वभौम संसद् बन्धक नहुने किसिमले विधेयक अघि बढाउने निर्णय शुक्रबार गरेका थिए ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार