नेपाली नागरिकले अब निजी जहाज किन्न सक्छन्

काठमाडौं, २२ साउन – नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको  छ । नेपालको विद्यमान कानुनमा निजी प्रयोजनका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो ।

यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।

विमानस्थल पनि निजी : सरकारले निजी विमानस्थलको निर्माणको समेत बाटो खुला गर्ने तयारी गरेको छ ।-  कारोबार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार