काठमाडौं, २२ साउन – खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिएका चामल बेचेको फेला परेको छ । केही दिनअघि संस्थानले प्रतिपरिवार पाँच केजीका दरले चामल बेचेको थियो ।
सिमकोट गाउँपालिका–६ का उवर्जन रावतले आफूहरुले लगेको चामल कुहिएको फेला परेको बताए । चामल कुहिएको भेटिएपछि पाँच परिवारले तत्कालै भाग लगाएर खाएको उनले बताए ।
यो वर्ष मात्रै नभई खाद्य संस्थान हुम्लाले प्रायः कुहिएको चामल बेच्ने गरेको रावतको भनाइ छ । संस्थानले जिल्लामा पाँच महिनापछि चामल बेचेको छ ।
सिमकोट गाउँपालिका–६ का चित रावतले पनि चामल कुहिएको बताए । राम्रोसँग केलाएर त्यही चामल खाने गरेको उनको भनाइ छ ।- नयाँ पत्रिका दैनिक