राप्रपा फेरि फुट्यो, बहुमत केन्द्रीय सदस्यसहित पशुपति शमसेर नेतृत्वमा नयाँ दल घोषणा

काठमाडौं, २२ साउन – पार्टी एकता भएको तीन महिनामै असन्तुष्टी देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा औपचारिक रुपमै विभाजित भएको छ । ४० प्रतिशत बढी केन्द्रीय सदस्यसहित राप्रपा नेता पशुपतिसम्शेर राणाले पार्टी फुटाएका हुन् ।

राणाले २२ जना सांसद र ७२ केन्द्रीय सदस्यसहित राणाले आइतबार नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । एकतापछि ३७ जना सांसद रहेको कमल  थापा नेतृत्वको राप्रपामा अब १५ जना सांसद मात्रै हुनेछन् । पार्टी एकता हुनु भन्दा अघि थापा नेतृत्वको राप्रपा नेपालमा २४ सांसद थिए । राणाले राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरेका छन् ।

कमल थापाले पार्टीमा एकलौटी गरेको भन्दै राप्रपाको एकता महाधिवेशन लगत्तै नेता प्रकाशचन्द्र लोहनीले पनि पार्टी छाडेका थिए । थापालाई छाडेर गएका लोहनीले नयाँ पार्टी नै गठन गरिसकेका छन् ।

राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहराको नेतृत्वमा गएको समूहले पार्टी विभाजनको जानकारी पत्र सभामुख ओनसरी घर्तीलाई पनि बुझाइएको छ । राणाको समूहमा बोहरासहित केन्द्रीय सांसदहरु सुनील थापा विक्रम पाण्डे, सीता लुइँटेल, कमला शर्मा, बबिना मोक्तान, रमेश तामाङ, रेशम लामा, विराज विष्ट, रामकुमार सुब्बा, परशुराम खापुङ, सयन्द्र बान्तवा, राज्यलक्ष्मी, स्ताक आलम, राजेश्वरी लगायत छन् ।

निर्वाचन अयोगमा दर्ता गरिएपछि सभामुखसमक्ष दर्ता गर्नु नपर्ने प्रावधान रहेकाले सभामुखलाई जानकारी मात्र गराएर निर्वाचन आयोगमा दल दर्ता गरिएको राणा समूहकी नेतृ बबिना मोक्तानले बताइन् । केही सांसदहरु उपत्यका बाहिर रहेकाले सांसदको संख्या अझै यकिन नभएको मोक्तानले बताइन् ।

सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बविन शर्माकाअनुसार नयाँ दल गठनको प्रक्रिया शुरु गरेको भनी १९ सांसदले संसद सचिवालयमा जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार