सुनिल ग्रोभरसँग झगडा परेपछि कपिलको जीवनमा केही पनि ठीक छैन । तैपनि यसका बाबजुद उनी आफ्नो शो राम्ररी नै चलाइरहेका छन् ।
शोको टीआरपीको कायम राख्नका लागि उनी भरमग्दुर प्रयास गरिरहेका छन् । यही टीआरपी घटेर उनको शो बन्द हुन लागेको खबर घरिघरि आइरहन्छ ।
तर बन्दै नभएपनि कपिलले केही समयका लागि ब्रेक लिने चाहिँ खबर आएको छ । ब्रेकपछि आफ्नो शोलाई फरक तरिकाले प्रस्तुत गर्ने कपिलको योजना रहेको बुझिएको छ ।
‘अहिलको फर्म्याट पुरानो भइसकेको छ । सुनिल ग्रोभर र अली असगर हिँडेपछि भारती सिंह र चन्दन प्रभाकर शोमा आएका छन्, यो कुनै इस्यु नै भएन । हामीले पूरै शो नै परिवर्तन गर्ने सोच राखेका छौं,’ शोनिकट स्रोतले बतायो ।