काठमाडौं, २३ साउन – सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।दायाँबायाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने ।
ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक दुई जनासंग संवाद पनि गरे ।त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायात मन्त्री वीरबहादुर बलायर थिए ।
मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । ‘म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ’, उनले भने । -कान्तिपुर दैनिक