बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त

काठमाडौं, २४ साउन – बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, छत्रदेव गाँउपालिका, बल्कोट, अर्घाखाँचीका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट एक एम्बुलेन्स प्राप्त भएको छ । बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांग्लावाट दैनिक करिव ७० ८० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक एम्बुलेन्सको आवश्यकता रहेको थियो । एम्बुलेन्स प्राप्त गर्नकालागि निकै वर्ष पहिलेदेखिनै प्रयास गरिए पनि सो उपलब्ध हुन सकेको थिएन ।

निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठज्यूको निरन्तर सहयोग सहकार्यता, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको तत्कालिन सचिवको रुपमा बल्कोटकै स्थानीय कृष्णराज पाण्डे, स्थानीय समाज सेवी मित्रलाल पाण्डे, सुरोज टण्डन, गुनाखर भुसाल, अमृतकुमार पन्थी सहित सम्पुर्ण छत्रदेवबासी तथा  बल्कोट(अर्घाखाँची)–काठमाण्डौ सेवा समाज समेतको धेरै वर्षदेखिको पहलले सार्थकता पाउन सफल भएको हो ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको, आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पुर्याउन सहज हुने बल्कोट प्रा.स्वा.केन्द्रका संरक्षक तथा छत्रदेव गाउपालिका वडा नं. २ का अध्यक्ष श्री राजेश पन्थी बताउनुहुन्छ ।

अध्यक्ष पन्थीले भन्नुभयो जिल्ला बाहिर रहेर पनी समाजसेवा नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरणका लागि पहलमा लागिरहनुहुने सवै धन्यवादको पात्र हुनुहुन्छ ।

विगत ६ महिनाको समयमा केन्द्रमा विभिन्न उपकरण मेसीनहरु, ह्वील चेयर, माईक्रोस्कोप, मोटरसाईकल पनी पुगेको छ । एक जना चिकित्सकको दरवन्दी रहेको केन्द्रमा ३ जना मेडिकल अधिकृत कार्यरत छन् ।

करारमै भएपनि एकजना ल्याव अशिष्टेन्ट कार्यरत भएकाले रगत तथा दिशापिसाव परिक्षण गर्न जिल्ला सदरमुकाम जानु नपर्ने र यदि थप १ जना अहेव करारमा राख्न सकिने हो भने २४ घण्टा सेवा दिन सकिन्छ, मेडिकल अधिकृत प्रकाश भट्टराईले बताउनुभयो ।

राज्यको संरचना स्थानीय निकायमा गईसकेपछि स्वास्थ्य संस्थाहरु चलाउने जिम्मा पनी स्थानीय स्तरमै रहेको र स्थानीयहरुको सहयोग, सहकार्य भए प्राथमिक स्वास्थ्य केन्द्रबाट गुणस्तरिय सेवा लिन सकिन्छ केन्द्रका अध्यक्ष श्री विष्णु भुसालले बताउनुभयो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार