डा. केसीको मागप्रति नेविसंघको ऐक्यवद्धता

काठमाडौं, २४ साउन – नेपाल विद्यार्थी संघले अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता व्यक्त गरेको छ । मंगलबार महामन्त्री कुन्दनराज काफ्ले तथा उपाध्यक्ष डिल्लीराम सुवेदी सहित विभिन्न कलेजका नेविसंघ सभापति तथा नेविसंघआवद्ध विद्याथीहरु त्रिवि शिक्षण अस्पताल महाँराजगंज पुगी चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राखि अनसन बसेका डा केसीको मागमा ऐक्यबद्धता जनाएका हुन ।

मेडिकल शिक्षामा रहेका बेथिति अन्त्यको माग गर्दै विगत १५ दिन देखि डा केसी ११ औं पटकको अनसनमा छन । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि मागका बारेमा चासो नदिइएको भन्दै महामन्त्री काफ्लेले तत्काल यसतर्फ ध्यान दिन सरकारसँग माग गरेका छन । मागबारे सरकारले ध्यान नदिइए नेविसंघ सडकमा उत्रिन बाध्य हुने समेत काफ्लेले बताएका छन ।

यस्तै नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले शिक्षा क्षेत्रका बेथिति अन्त्य गर्न डा केसीले राखेका सामान्य माग पुरा गर्न पनि सरकारले अनशन नै बस्न बाध्य बनाउँनु नाजायज भएको भन्दै डा केसीको अनसनलाई सधैका लागि अन्त्य हुने गरी निर्णयमा पुग्नु पर्ने बताए ।

कार्यक्रममा राजधानीका दर्जनौं क्याम्पसबाट विद्यार्थीहरु डा केसीको अनसनमा समर्थन जाहेर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको नेविसंघ केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए । उनले डा केसीका माग पुरा नगरे नेविसंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार