कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, २४ साउन – काठमाडौंको कलंकी मन्दिर अगाडि यात्र्बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार