https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

दुई लाख घुससहित जनस्वास्थ्य कार्यालय झापाका कर्मचारी रंगेहात पक्राउ

झापा, २५ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई मंगलबार पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदैगर्दा उनलाई पक्राउ गरेको हो ।

‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदैगर्दा उनलाई रंगेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार