https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच के-के कुराकानी भयाे ?

काठमाडौं, २६ साउन – भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।बालुवाटारमा भएको उक्त भेटवार्ता आपसी सम्बन्ध तथा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा केन्द्रित रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानीसमेत भएको थियो । देउवा र स्वराजबीच वार्ता भइरहेकाबेला नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा बालुवाटार प्रवेश गरेका थिए ।

त्यसपछि, राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अाज भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा भारतका लागि नेपालका राजदूत तथा नेपालका लागि भारतका राजदूत एवंम दुवै देशका उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । विदेशमन्त्री स्वराज बिम्स्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बिहीबारै काठमाडौं आइपुगेकी हुन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार